
बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा शुरु भएको छ ।
दशरथचन्द क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा दार्चुलाले बझाङलाई ११ रनले हरायो । जितका लागि पाएको एक ३५ रनको लक्ष्य पछ्याएको बझाङ निर्धारित २५ ओभरमा नौ विकेटको क्षतिमा एक सय २३ रन बनाउन सफल भयो । खेलाडी गजेन्द्र भण्डारीले सर्वाधिक ४२ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।
पहिला ब्याटिङ गरेको दार्चुला २४ दशमलब४ ओभरमा एक सय ३४ रनमा समेटियो । दार्चुलाका रूपसिंह खातीले ३० र नरेन्द्र महराले १७ रन बनाए भने बझाङका सञ्जय बोहराले ३,अभिनास सिंह र भरत चन्दले समान २ विकेट हात पारे ।
प्रतियोगिताको प्रारम्भ नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी,उपाध्यक्ष रमेशबहादुर बोहरा,कोषाध्यक्ष दिनेश सिंह,बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दलगायत उपस्थित हुनुहुन्थ्यो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ टोलीबीच स्पर्धा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी