
काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि एक सय ६४ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको दुई सय ८० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभरमा सबै विकेट गुमाउँदै एक सय १५ रनमै समेटियो । कर्णालीका लागि हिमान्शु शाहीले १९, दिवान पुनले १८ तथा विपिन शाहीले १४ रन बनाए । त्यसैगरी, कप्तान रवीन्द्र शाही, निश्चल रावल र दीपेन्द्र रावतले समान १२/१२ रन जोडे ।
आर्मीका लागि विवेक यादव र कुशल मल्लले समान तीन÷तीन विकेट लिए भने सोमपाल कामीले दुई तथा साहब आलामले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ७९ रनको योगफल तयार पारेको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक एक सय रनको योगदान दिए । उनले एक सय ३२ बलमा ६ चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन जोडेका हुन ।
यसैगरी, बसिर अहमदले अविजित ९८ रन जोडे भने भीम सार्कीले २५, कुशल मल्लले २१ तथा सन्तोष कार्कीले ११ रन बनाए । कर्णालीका लागि दीपेन्द्र रावतले दुई विकेट लिए भने प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले समान एक विकेट लिए । यस जितसँगै आर्मीले सात खेलमा १० अङ्क जोडेको छ । आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता पराजित कर्णाली भने आठ खेलबाट ६ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा