
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दोस्रो राष्ट्रिय परिषद् बैठक सुरू भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार दिउँसो बैठक सुरू भएको हो।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठक सोमबारसम्म चल्नेछ। बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी भएका छन्।
परिषद् बैठक विधान मस्यौदामाथि छलफलमा केन्द्रित छ। एकीकृत समाजवादीले यसअघि सचिवालय, केन्द्रीय कमिटी बैठक राखेर विधान मस्यौदाबारे छलफल गरिसकेको छ।
पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा समिति बनाएको छ। महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको समितिले तयार पारेको विधान मस्यौदामा सचिवालय सदस्यहरूले धारणा राख्नेछन्।
सचिवालय सदस्यहरूले केन्द्रीय कमिटीको आकार घटाउनुपर्ने बताएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा