
भक्तपुर । तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को पहिलो दिन उसुतर्फको उपाधि मध्यपुरथिमीस्थित सुप्रिम एकेडेमीले हात पारेको छ ।
मध्यपुरथिमी नगरपालिकाले सञ्चालन गरेको प्रतियोगितामा उसुतर्फ सुप्रिम एकेडेमीले ६ स्वर्ण, ४ रजत र ११ कास्य पदकसहित विजेता बनेको हो ।
चार विद्यामा ५८ वटा खेल भइरहेको प्रतियोगितामा एथ्लेष्टिक खेल सानोथिमी खेल मैदानमा, कबड्डी खेल आदर्श मावि सानोथिमीमा, भलिबल खेल बोडे मावि बोडेमा र मार्सलआर्टतर्फ कराते, तेक्वाण्डो एवं उसु आदर्श मावि लायकुमा भइरहेको छ ।
सानोथिमी खेल मैदानमा ३ दिन चल्ने प्रतियोगितामा मध्यपुरथिमी नगरभित्रका २९ विद्यालयका सात सय ६९ जना छात्रछात्राले प्रतिस्पर्धा गरिरहेका नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी