
चितवन । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजन अधिकारीसम्मानित हुनुभएको छ ।
भरतपुर–५ रहेको प्रहरी–नागरिक साझेदारी अभियान नेपाल (पिटुसिटु)को दोस्रो साधारणसभा तथा पहिलो अधिवेशन अवसर पारेर भरतपुर महानगर प्रमुख रेनु दाहालले उहाँहरुलाई सम्मानपत्रसहित ढोसल्ला ओढाइ सम्मान गर्नुभयो ।
सडक बालबालिका उत्थान र विकासका लागि पिटुसिटुको स्थानीयसँगै सडक बालबालिका मुक्त समाज निर्माणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको पिटुसिटुका कोषाध्यक्ष निर्देश सेढाईँले जानकारी दिनुभयो । चितवनमा प्रहरी प्रमुख हुँदा आइजिपी कुँवर र जिल्ला प्रवक्ता हुँदा एसएसपी अधिकारी प्रत्यक्ष संलग्नतामा यहाँ पिटुसिटु स्थापना भएको थियो । विसं २०७२ को असोजमा चितवन प्रहरीमार्फत सडक बालकको व्यवस्थापन गराउने अभियान थालेकामा २०७३ वैशाख १ गते विधिवतरूपमा स्थापना भएको थियो ।
महानगर प्रमुख दाहालले बालबालिकाका क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताउनुभयो । महानगरले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उहाँले उल्लेख गर्नुभयो । महानगरले बालबालिकालाई शिक्षाबाट बञ्चित नहुन परोस् भनेर अटिजम विद्यालय, पक्षघात भएकालाई भरतपुर–२६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो ।
यस्तै बुवाआमा नभएका बालबालिकालाई सडकसम्म आउन नदिन महानगरले एसओएस स्कुललाई सिफारिस गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाउने गरी महानगर र विद्यालयबीच सम्झौता भएको उहाँले बताउनुभयो ।
महानिरीक्षक कुँवरले बालबालिका विश्वमै संवेदनशील र जोखिममध्येको समूहमा पर्ने बताउनुभयो । पारिवारिक असम्झदारी, झगडा, कुनै देशबीच हुने युद्धका कारण सधैँ उच्च जोखिममा जाने हिंसा शोषण र दुव्र्यवहार सहन बाध्य हुने गरेको उल्लेख गर्नुभयो । उनीहरू नबोलेर पीडा व्यक्त गर्न सक्दैनन् भने वयस् ले जस्तो विरोध गर्न पनि सक्दैनन् । त्यसैले राज्यको नीति निर्माण गर्ने तह यो विषयमा गम्भीर हुन जरुरी रहेको महानिरीक्षक कुँवरले बताउनुभयो ।
अभिभावकविहीन अवस्थाका बालकलाई प्रक्रिया पुर्याएर पिटसिटुमा राख्ने व्यवस्था मिलाएको छ । पिटुसिटुले हालसम्म करिब ८० जना बालकलाई परिवारसँग पुनःमिलन गराइसकेकामा हाल ४० जना संरक्षित बालक रहेका पिटुसिटुमा रहेको अध्यक्ष बेलबहादुर गुरुङले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा