+

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ ।  नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२०  शृङ्खलाको आफ्नो पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलिकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङको निर्णय लिएकी हुन ।नेपाल पहिलो जितको खोजिमा रहेको छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो ।

यता नेदरल्यान्ड्स भने तेस्रो जित निकाल्दै दाउमा रहेको छ । नेदरल्यान्ड्ले यसअघि थाइल्यान्डसँग ८ विकेट र १७ रनको को हार बेहोरेको थियो ।नेपालको प्लेइङ–११ मा कप्तान इन्दु बर्मासहित विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, सीता राना मगर र रचना चौधरी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट