+

थाइल्याण्डविरुद्ध नेपालको कसिलो फिल्डिङ, १०६ रनमा रोक्यो

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको चौथो खेलमा थाइल्याण्डले  नेपाललाई जितका लागि १ सय ७ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निरर्धारित २० ओभरमा छ विकेट गुमाएर १ सय ६ रनको सामान्य योगफल बनाएको हो । 


आजको खेलमा नेपालले निकै कसिलो फिल्डिङ र सुधारिएको बलिङ प्रदर्शन गरेको छ। थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ र थिपाथ्चा पूथावोङले अविजित २५ बनाए । साथै नानपत कोन्चारोन्काइले १९ रनको योगदान दिइन् । 

नेपालका लागि मनीषा उपाध्यायले तीन विकेट लिइन् पूजा महतो र रचना चौधरीले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट