
कास्की । सहारा क्लब पोखराद्वारा प्रदान गरिने यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान रक्षक सनिश श्रेष्ठले प्राप्त गर्ने भएका छन् ।
प्रतिभा छनोट समितिको सोमबारको बैठकले श्रेष्ठलाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो । क्लबका महासचिव रामजीप्रसाद अधिकारीले सनिशलाई ५० हजार ५ सय ५ रुपैयाँ र सम्मानपत्र रहेको छ । तनहुँको पुर्कोटका सनिश विगत सात वर्षदेखि राष्ट्रिय टोलीमा रहेर फुटबल खेल्दै आएका छन् ।
नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत क्लबले बर्सेनी एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसक्नुभएको छ । सहारा क्लब पोखराको आयोजनामा २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप आजदेखि शुरु हुँदैछ ।
माघ २२ देखि फागुन ३ सम्म पोखरा रङ्गशालामा हुने प्रतियोगितामा १२ टिमले भाग लिँदैछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लब अध्यक्ष केशवराज बरालले बताउनुभयो । उद्घाटन खेल आयोजक सहारा र नेपाल पुलिस क्लबबीचमा हुँदैछ ।
प्रतियोगिता उद्घाटन अवसरमा श्रेष्ठलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानद्वारा सम्मान गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी