
कास्की । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित टाइगर कप भलिबलको उपाधि आयोजक टोलीले हात पारेको छ ।
टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि आयोजकले जितेको हो । पोखरा रङ्गशालामा आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा अघिल्लो संस्करणको विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ सेटले पराजित गर्दै आयोजक टोलीले पहिलो पटक उपाधि जितेको हो ।
च्याम्पियन बनेको टाइगर ग्रुपले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउँदा उपविजेता बनेको एपिएफले २ लाख ८५ हजार पाँच सय ५५ प्राप्त गरेको छ ।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो ।
पाँचौँ सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकालेपछि उपाधि हात पारेको हो । पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमा नै उपाधि चुमेको छ ।
यसैगरी प्रतियोगितामा पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश भलिबल सङ्घ र विभागीय नेपाल प्रहरीको पुलिस क्लबबीच केहीबेरमा खेल सञ्चालन हुँदैछ । प्रतियोगिताको विजेताले ् पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।
दोस्रो टोलीलाई समान दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय हुने टोलीले एक लाख ८५ हजार पाँच सय ५५ ट्रफी र मेडल प्राप्त गर्नेछन् । महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही रु २५ हजार सात सय ७७, पाउनेछन् ।
दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही १० हजार पाँच सय ५५ रुपैयाँ का दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक ईन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी