
काठमाडौँ । गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नुभएको छ । उहाँले जिल्ला अदालत काठमाडौँमा शुक्रबार मुद्दा दायर गर्नुभएको हो ।
गत वैशाखमा विवाह गरेर उहाँ पति विष्णुसँग अस्ट्रेलियामा बस्दै आउनुभएको थियो । तर अस्ट्रेलियामा रहँदा कार्यक्रममा भाग लिन जाँदा विभिन्न शंका गरेर पतिले मानसिक दबाब दिएको उहाँले अदालतमा दायर गरेको फिराद पत्रमा उल्लेख छ ।
एलिनाले यसरी आफ्नो चरित्रमाथि शंका उपशंका गरेर सम्बन्धअगाडि नबढ्ने भन्दै सम्बन्धविच्छेदको मुद्दा दायर गर्नुभएको हो । उहाँले अंश तथा माना चामल नलिने गरी सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नुभएको हो ।
फिरादपत्रमा उहाँले ‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ आफ्नो जीवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु’ भन्ने व्यहोराको फिरादपत्र दर्ता गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विश्वकप एशिया छनोटः नेपालसँग हङ्कङ पराजित
- राष्ट्रपतिद्वारा संसद् अधिवशेन आह्वान
- सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
- सगरमाथा क्षेत्रमा पर्यटक वृद्धिः चैतमा १२ हजार भित्रिए
- रामेछापबाट लुक्ला उडेको जहाज आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध
- सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
- सुनसरीमा गाँजा तस्करद्वारा गोली प्रहार, तीनजना पक्राउ
- आज देशभर मौसम सफा रहने
- काठमाडौँमा भूकम्पको धक्का महशुस
- गभर्नर नियुक्तिमा उमेरहद संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश