
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । बागमतीले सुदूरपश्चिमलाई ९७ रनले हराएको हो ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४७ रनको योगफल बनायो । जितका लागि दुई सय ४८ रनको लक्ष्य पाएको सुदूरपश्चिम प्रदेशको पारी ३० दशमलव तीन ओभरमा एक सय ५० रनमा समेटियो ।
बागमतीका लागि आशुतोष घिरैयाले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ६२ बलमा छ चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी कप्तान रित गौतमले ६१ बलमा नौ चौकासहित ४४ रन जोडे । अशोक पौडेलले ३१, सोनु देवकोटाले २८, रविन जोशीले २४, प्रतिश जिसीले १७, विपिन आचार्यले १२, सूर्य तामाङले नौ तथा इशान पाण्डेले दुई रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका शेर मल्ल र नारायण जोशीले तीन तीन, विकास आग्रीले दुई तथा मिलन बोहराले एक विकेट लिए ।
सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा नरेन भट्टले ४१, किरण ठगुन्नाले ४१ तथा खडग बोहोराले २१ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ बागमतीका सूर्य तामाङ र विपिन आचार्यले तीन तीन तथा रिजन ढकाल, कृजन गुरुङ र सोनु देवकोटाले एक एक विकेट लिए । जितसँगै आठ खेल खेलेको बागमतीले १० अङ्क जोडेको छ । बागमती अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । छ खेल खेलेको सुदूरपश्चिमको भने आठ अङ्क छ । सुदूरपश्चिम अङ्कतालिकाको पाँचौँ स्थानमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा