
झापा । जिल्लाको चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुुसार जिल्लाका निम्ति १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार १ सय १० रुपैयाँ विनियोजन भएकोमा पुस मसान्तसम्म २ अर्ब १५ करोड ३६ लाख २ हजार ८ सय ८४ रुपैयाँ खर्च भएको छ । ‘चालुतर्फ विनियोजित १६ अर्ब चार करोड ८९ लाख ४५ हजारमध्ये ४५ दशमलव २६ अर्थात् ७ अर्ब २६ करोड ६३ लाख रुपैयाँ खर्च भएको छ’ उहाँले भन्नुभयो ।
समग्रमा चालु आवको ६ महिनामा ४५ दशमलव २६ प्रतिशतअर्थात् ९ अर्ब ४१ करोड ६६ लाख ९ हजार खर्च भएको कोष नियन्त्रक तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहले पुँजीगत खर्च बढाउन नसकेका हुन् ।
चालु आवको पुस महिनासम्ममा जिल्लाभर ९ अर्ब ८८ करोड २६ लाख ७१ हजार ४ सय २८ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
त्यसअवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालयले ७ अर्ब ५१ करोड ३५ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा