
धनुषा । राष्ट्रियसभाको १९ सिटका लागि आज मतदान जारी छ । विसं २०७४ फागुनमा निर्वाचित राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिने छ । अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको हो । अर्का एकजना मनोनित हुनेछन् ।
सातवटै प्रदेशमा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यका लागि जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि मतदान जारी छ । मधेस प्रदेशमा अन्य र महिला समूहतर्फ दुई राष्ट्रियसभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।
सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना अन्य समूह र महिलातर्फ जसपाकी पूजा चौधरीको उम्मेदवारी परेको छ । ढुङ्गाना धनुषाका हुन् भने चौधरी रौतहटका हुन् । एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनीको उम्मेदवारी परेको छ । झा धनुषाकी हुन् भने थरुनी पर्साकी हुन् । जनमत पार्टीले मधेस प्रदेशमा अन्य समूहमा रामशङ्कर महासेठको उम्मेदवारी छ । मधेस प्रदेशमा प्रदेशसभाका एक सय सात र पालिका प्रमुख र उपप्रमुख गरी दुई सय ६७ मतदाता छन् ।
पालिका प्रमुख–उपप्रमुखको कुल मतभार पाँच हजार ५३ र प्रदेश सांसदको कुल मतभार पाँच हजार छ सय ७१ गरी जम्मा १० हजार सात सय २४ मतभार छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानस्थल रहेको जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्र नजिकको क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।
मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । निर्वाचनको नतिजा तीन–चार घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा