
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ ।
इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा जितका लागि एक सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरका पाँच विकेटको क्षतिमा २०१ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
पाकिस्तानका लागि अजन अविसले सर्वाधिक अविजित ६३ रन बनाउनुभयो । साम्यल हुसेन र शाहजिब खानले समान ३७ ३७ रन बनाउनुभयो । यस्तै अहमद हसनले २९ र हारोन अर्सदले १५ रन बनाउनुभयो । बलिङमा नेपालका आकाश चन्दले तीन तथा दीपेश कँडेल र आकाश त्रिपाठीले एक एक विकेट झार्नुभयो ।
यसअघ टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो । नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाउनुभयो । यस्तै दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २०, गुलशन झाले १८, आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन बनाउनुभयो ।
बलिङमा पाकिस्तानका अराफात मिनहासले तीन विकेट लिनुभयो । अहमेद हुसेन र उवइद शाहले दुई दुई तथा खुबैब खालिल, अलि अस्फन्ड र मोहमद जीसान एक एक विकेट लिनुभयो ।
नेपाल समूहको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो जित हो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । समूहमा दुई जित निकालेको न्युजिल्यान्ड र पाकिस्तानको समान चार चार अङ्क पुगेको छ ।
लगातार दुई खेल हारेको नेपाल र अफगानिस्तान अङ्कविहीन छ । नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेल जनवरी २६ तारिख अफगानिस्तानसँग खेल्नेछ । विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’ मा इङ्गल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । हरेक समूहको शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा