
काठमाडौँ । नेपाल विद्यार्थी संघले मानव नियन्त्रित रोबोट्सको क्षमता प्रदर्शन गर्ने उद्देश्यले एक आपसमा भिडाउने भएको छ । खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा गराउन लागिएको हो ।
बुधबार आयोजित पत्रकार सम्मलेनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विश्वकर्मा ‘व्याटल अफ टाइटनस्–टु’ नामक टाइटल रहेको प्रतियोगितामा मानव नियन्त्रित रोबोटको डिजाइन, गतिशीलता, आक्रमण, प्रतिरक्षा तथा क्षमताको प्रदर्शन गर्न लागेको जानकारी दिनुभयो ।
अध्यक्ष शेर्पाले सिर्जना र आविष्कारका प्रतीक ‘विश्वकर्मा’ प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तान देशबाट १८ समूहले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । प्रत्येक सहभागीले आ–आफ्नो राष्ट्र र विश्वविद्यालयको प्रतिनिधित्व गर्नुपर्ने उहाँले बताउनुभयो ।
वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सिर्जना र आविष्कारसँग जोड्ने उद्देश्यले माघ १३, १४ र १५ काठमाडौँस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
तीन दिने प्रतियोगितामा सङ्घले सबै समूह सहभागी, आमन्त्रित अतिथि र स्वयम्सेवकलाई खानासहित आवासको सुविधा उपलब्ध गराउने सङ्घका सदस्य नारायण पाण्डेले राससलाई जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने समूहले ३ लाख ५० हजार, दोस्रो हुनेले १ लाख ५० हजार र अन्य श्रेणीमा विजयी हुने एक समूहले १ लाख रुपैयाँ प्राप्त गर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा