
बाँके । प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०८०’ आजदेखि शुरु भएको छ ।
बैजनाथ गाउँपालिका–५ स्थित ‘कोहलपुर न्यू सिटी’ भित्र उक्त महोत्सव सञ्चालन गरिएको छ । महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुनेछ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बैजनाथ समिति बाँकेले पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेको हो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक सुमन विश्वकर्माका अनुसार महोत्सवमा एक सय ५० देखि दुई सयसम्म ‘नविनतम प्रविधिजन्य उत्पादन, महिलाद्वारा सञ्चालित उद्यम तथा स्थानीयस्तरमा उत्पादित वस्तु’ प्रमुख आकर्षणका रुपमा रहनेछन् । स्थानीय स्रोतको सदुपयोग गरी लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको दिगो बजार पहुँच स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।
देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदवार, हस्तकला, ऊर्जा, बायोग्यासलगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने आयोजकले जनाएको छ । बैजनाथ गाउँपालिकामा आन्तरिक पर्यटक भित्राउन, यहाँको मौलिक कला, संस्कृति सभ्यता तथा मनमोहक प्राकृतिक सभ्यतालाई राष्ट्रियस्तरमा चिनाउनुका साथै पर्यटन प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्र विकासमा महोत्सवले टेवा पु¥याउने विश्वकर्माको भनाइ थियो ।
महोत्सवबाट करिब १ करोड रुपैयाँ हाराहारीमा आम्दानी हुने आयोजकको अनुमान रहेको छ ।
‘महोत्सवमा स्थानीय एवं राष्ट्रियस्तरको सांस्कृतिक कार्यक्रम हरेक दिन हुनेछन् । मेला अवधिभर संस्थाले एक लाख ५० हजारदेखि दुई लाखसम्म दर्शक भित्र्याउने लक्ष्य लिएको छ’ संयोजक विश्वकर्माले भन्नुभयो, “लघु घरेलु तथा साना उद्योगले स्थानीय तथा बाह्यस्तरमा उत्पादन गरेका स्वदेशी सामग्रीको बजार प्रवद्र्धन, आन्तरिक व्यापार तथा पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ ।’
महोत्सवबाट प्राप्त आम्दानीको २० प्रतिशत रचनात्मक काममा, २० प्रतिशत रकम कमजोर अवस्थामा रहेका उद्यमीका लागि र बाँकी रकम महासङ्घको कार्यालय भवन निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै