
विराटनगर । राष्ट्रियसभा निर्वाचनको मौन अवधिमा सत्तारुढ र प्रतिपक्षी गठबन्धनले छुट्टा छुट्टै भेला गरेका छन् । नेकपा एमाले र राप्रपाले होटलमा र सत्ताबन्धनले डाक्टर शेखर कोइरालाको निवासमा भेला गरेका हुन् ।
कोइराला निवासमा चियापानका लागि भन्दै गठबन्धनका मतदातालाई भेला गरिएको थियो । नेकपा एमाले र राप्रपाले भने होटल ह्यारिसनमा भेला राखेको हुन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता प्रदेश सभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाउनु भएको थियो ।
कोइराला निवासमा कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मालगायत केन्द्रिय नेता सहभागी थिए । गठबन्धन दलका केही नेता पनि पुगेका थिए ।
नेकपा एमाले र राप्रपाले एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा ह्यारिसनमा भेला राखेका हुन् ।
निर्वाचन आचारसंहिता लागेको बेला उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारंसहिता छ । तर दुवै गठबन्धनले आचारसंहिता उल्लङ्घन गरेर भेला राखेका हुन् ।
बिहीबार राष्ट्रिय सभाका लागि कोशीमा दुई सिटमा निर्वाचन हुँदैछ । अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका उद्धव पौडेल उम्मेदवार छन् । महिलातर्फ माओवादीका चम्पादेवी कार्की र एमालेका रुक्मिणी कोइराला उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा