
हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा शहीद स्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ ।
पालिकाको चार करोड ५० लाख र करिब २ करोड रुपैयाँ बराबरको श्रमदानबाट ६ महिनामा रङ्गशाला निर्माण भएको हो ।
गाउँपालिकाका अध्यक्ष सर्केश घलानले रङ्गाशाला निर्माणमा ९ वडाकै स्थानीय, कर्मचारी र समाजसेवी लगायतले ६ महिनासम्म प्रत्येक सार्वजनिक बिदामा श्रमदान गरेको बताउनुभयो । उहाँले रङ्गशाला निर्माणपछि यहाँको खेलकुद विकासमा सहयोग पुग्ने बताउनुभयो ।
‘जनप्रतिनिधि र स्थानीयको इच्छाशक्ति भएमा गर्न विकास निर्माण पनि गर्न सकिन्छ भन्ने उदाहरण यो रङ्गशाला बनेको छ’ उहाँले भन्नुभयो– ‘पालिकासँग पर्याप्त बजेट नभएपछि श्रमदानका लागि आह्वान गरेका थियौँ ।’ उहाँले रङ्गशाला निर्माणपछि एउटा खेलकुद एकेडेमी बनाउने पालिकाले निर्णय गरेको जानकारी दिनुभयो ।
रङ्गशालाको निर्माण पूरा भएसँगै फागुन १ गतेदेखि सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुनेभएको छ ।
प्रतियोगिता अहिलेसम्म् जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी