
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शिक्षाको स्तर सुधार गर्न राज्यको ध्यान पुग्न जरुरी भएको बताउनुभएको छ ।
सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस परिसरमा निर्माण गरिएको इन्जिनियरिङ भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा अध्यक्ष यादवले शिक्षा हरेक किसिमको समस्यालाई सामाधान गर्न सक्ने साधन भएकाले यसमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । इन्जिनियरिङ कलेजबाट यहाँको शैक्षिक क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उहाँले अहिले नेपालको शिक्षा क्षेत्र अस्तव्यत रहेकाले यसमा परिवर्तन ल्याउन आवश्यक भएको बताउनुभयो ।
शैक्षिक क्षेत्रमा देखिएका चुनौतीको सामना र समाधान नभएसम्म नेपालको विकास सम्भव हुन नसक्ने अध्यक्ष यादवले बताउनुभयो । शिक्षाको स्तर कमजोर बन्दै गएको भन्दै उहाँले शिक्षा स्तरीय बनाउने दायित्व राज्यको भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सांसद रञ्जु ठाकुर, पूर्व मन्त्री रेणु यादव, राजविराज क्याम्पसका प्रमुख राजिव झा, मधेस प्रदेशका पूर्व मन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेशसभा सदस्य मनिष सुमन, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, जसपा सप्तरीका अध्यक्ष केदार यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए । सप्तरी क्षेत्र नं २ को संसदीय कोषको रु चार करोड ६१ लाखको लागतमा भवन निर्माण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा