
काठमाडौँ । सुनको भाउ अघिल्लो कारोबारको तुलनामा आज बढेको छ ।
सुनको मूल्य आइतबार प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपालमा पनि परेको हो ।
अन्तरराष्ट्रिय बजारमा सुन आज एक औँसको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ । गत शुक्रबार त्यही परिमाणको सुन २६८१ डलरमा कारोबार भएको थियो । महासंघका अनुसार सुन आज प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ समेत तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँको दरले कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा