
खोटाङ । ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको कृषि मेला प्रदर्शनीमा किसान सम्मानित भएका छन् । जि–फाउण्डेशनको आर्थिक सहयोग तथा प्रयास नेपालको समन्वयमा गाउँपालिकाले आयोजना गरेको दुईदिने कृषि मेला प्रदर्शनी कार्यक्रम समापनको अवसरमा सोमबार विभिन्न २७ विधामा उत्कृष्ट भएका ८७ किसानलाई सम्मान गरिएको हो ।
सम्मानित हुने किसानलाई गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई, उपप्रमुख राजेशकुमार राजभण्डारी, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा र प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राईले संयुक्तरूपमा प्रमाणपत्रसहित कृषि औजार तथा कृषि सामग्री प्रदान गर्नुभएको छ । कृषि मेला प्रदर्शनी कार्यक्रममा विभिन्न चार विधामा प्रथम स्थान हासिल गर्नुहुने वडा नं ७ माक्पाकी सर्वोत्कृष्ट महिला किसान डिल्लीमाया राईलाई नगद रु तीन हजारसहित पुरस्कार प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोद राजभण्डारीले जानकारी दिनुभएको छ ।
कृषि मेला प्रदर्शनी कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने किसानलाई क्रमशः रु तीन हजार, दुई हजार पाँच सय, दुई हजार र आठ सय बराबरको कृषि सामग्री प्रदान गरिएको जनाइएको छ । उत्कृष्ट किसानलाई कोदालो, झम्पल, ड्रम, पाइप, सिकेचर, स्प्रिङकल, क्यारेटलगायतका कृषि सामग्री प्रदान गरिएको हो ।
‘ऐसेलुखर्कको समृद्धिको आधार, दिगो प्राङ्गारिक खेती हाम्रो पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजित कृषि मेला प्रदर्शनी कार्यक्रममा एक सय ४१ किसानले विभिन्न विधाका स्टल राखेका थिए । ऐसेलुखर्क बजारमा आयोजित मेलामा नगदेबाली, फलफूल तथा तरकारीबाली प्रदर्शनीमा राखिएको थियो । कृषि क्षेत्रको विकास तथा प्रवर्द्धनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले हरेक वर्ष कृषि मेला प्रदर्शनी कार्यक्रम गर्दै आएको छ । कृषि मेला प्रदर्शनीले किसानलाई हौसला प्रदान गरेको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै