
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल गर्ने सहमति भएको छ। यो सहमतिसंगै एमाले र राप्रपाले कोशी प्रदेशमा एकअर्का पार्टीका उम्मेदवारलाई सहयोग गर्ने भएका छन् ।
सहमति अनुसार एमालेकी उम्मेदवार रूक्मिणी कोइराला र राप्रपाका उम्मेदवार उद्धव पौडेललाई दुबै पार्टीले साझा उम्मेदवार बनाएर निर्वाचनमा जाने सहमति भएको छ । ‘सहमति पात्रमा नेकपा (एमाले) कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र राप्रपाका कोशी प्रदेश अध्यक्ष राम कुमार थापाले हस्ताक्षर गरेका छन् ।
केन्द्रीय तहमै छलफल गरी तालमेलको निर्णय गरिएको नेताहरूले बताएका छन्। ‘
कोशीमा एमालेले भोजपुरका परशुराम अधिकारी र सुनसरीकी रूक्मिणी कोइरालालाई उम्मेदवार बनाएको थियो।
कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार छन्।
कोशीमा सत्ता गठबन्धनको मतभार ५ हजार ४ सय ७४ छ भने बाँकी दलको कूल मतभार ४ हजार ६ सय ६१ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा