
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबारको खेलमा मधेसले सुदूरपश्चिमलाई ८० रनले पराजित गरेको हो । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । जिसँगै प्रतियोगितामा चौथो जित हासिल गरेको मधेसले आठ अङ्क जोडेको छ । छ खेलमा आठ अङ्क जोड्दै मधेस प्रदेश तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै चार खेलमा तीन जित र एक खेलमा हार बेहोर्दै सुदुरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ ।
मधेस प्रदेशले प्रस्तुत गरेको ३ सय २० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४ दशमलव ५ ओभरमा सवै विकेट गुमाउदै २ सय ३९ रनमा समेटियो । सुदूरपश्चिमका लागि नरेन भट्टले १ सय २२ बलमा १३ चौका र एक छक्काको मद्दतमा १ सय २१ रन बनाए । यसैगरी नारायण जोशीले २६, किरण ठगुन्नाले २०, नरेन साउदले १८, खडक बोहराले १४ तथा गजेन्द्र बोहराले १२ रन बनाए । मधेसका लागि राजेश यादव र प्रदीप पासवानले समान ३ विकेट लिए भने रञ्जित कुमारले २ तथा कप्तान हरिशङ्कर शाह र पवन सराफले समान १, १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेस प्रदेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १९ रन बनाएको थियो । मधेसका लागि मायन यादवले १ सय २८ बलमा ८ चौका र २ छक्काको सहयोगमा १ सय १५ रनको योगदान दिए । पवन सर्राफले ६३ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ७० रन बनाए । अनिल शाहले ७० बलमा ६ चौका र २ छक्काको मद्दतले ६९ रनको योगदान गरे । रुपेश सिंहले २१, अविशेक तिवारीले १६ तथा हरिशंकर शाहले १४ रन बनाए ।
सुदूरपश्चिमका लागि शेर मल्लले चार विकेट लिए । विकाश आग्रीले २ तथा नारायण जोशी र गजेन्द्र बोहराले समान १, १ विकेट झारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै