
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ग्यालेक्सी टीभी छाड्दा आफ्नो खातामा १ करोड ८० लाख रुपैयाँको घण्टी नबजेको दाबी गर्नुभएको छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा संलग्न भएको समाचार लगातार प्रकाशित हुन थालेपछि रास्वपा सभापति लामिछानले त्यसबारे स्पष्टिकरण दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो दाबी गर्नुभएको हो ।
रास्वपा सभापति लामिछाने सम्बन्धित कम्पनीले चेक दिए पनि खातामा पैसा जम्मा नभएको दोहोर्याउनुभयो । ‘बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको लामिछानेको भनाई छ । ‘१ करोड ८० लाखको चेक डिपोजिट नभएको भन्दिनँ, तर घण्टी बजेन’ सम्मेलनमा उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलनमा रास्वपा नेता एवं पूर्व बैङ्कर अनिल केशरी शाहले रविको नाममा चेक डिपोजिट गरिए पनि खातामा पैसा जम्मा नभएको बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा