
भैरहवा । लगातार चौथो जितसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा सोमबार भएको खेलमा पुलिसले सशस्त्र प्रहरीलाई ५८ रनले हराएको छ । ललित राजवंशी बलिङमा चम्किदा पुलिसले मध्यम स्कोरमा पनि जित बटुलेको हो ।
पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । पुलिसका लागि दिलीपनाथले ४४ रन बनाए । अर्जुन साउदले ३१ र शङ्कर रानाले २२ रन जोडे ।
बलिङतर्फ सशस्त्रका भुवन कार्कीले ३ विकेट, अमर रौटेला र रमेश कुर्मीले समान २, २ विकेट लिए । १ सय ४६ रनको लक्ष्य पाएको सशस्त्रले ३४ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । सशस्त्रका लागि सन्दिप जोराले २५ रन र अमर रौटेलाले २३ रन बनाए । सशस्त्रका कप्तान रोहित पौडेल, लोकेश बम, मौसम ढकाल र रमेश कुर्मी शून्य रनमा आउट भएका थिए ।
बलिङमा नेपाल पुलिसका ललित राजवंशीले ७ ओभरमा ४ मेडेनसहित ८ रन मात्र जोडे । राजवंशीले ५ विकेट लिदा पुलिसका अर्का बलर रशिद खाँनले २ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा