+

जिरी नगरपालिकामा भइरहेको अनियमितताप्रति एकीकृत समाजवादीको ध्यानाकर्षण

दोलखा । जिरी नगरपालिकाको विकास निर्माण र सेवा प्रवाहमा भइरहेको अनियमितताप्रति नेकपा एकीकृत समाजवादीले ध्यानाकर्षण गराएको छ । 

एकीकृत समाजवादीले नगरपालिकाले आर्थिक वर्ष २०७९र८० र चालू आवमा भएका काममा आर्थिक अनियमितता भएको भन्दै  ध्यानाकर्षण गराएको हो। नेकपा एकीकृत समाजवादी जिरी नगर कमिटी अध्यक्ष मोहन खड्का,जिल्ला कमिटी सदस्यहरु लालबहादुर जिरेल, ईश्वर कार्की, विकास कार्की नेतृत्वको टोली सोमबार नगरपालिका कार्यालय पुगेर ध्यानाकर्षण गराएको हो। ध्यानाकर्षण पत्रमा १५ दिनभित्र खर्चको विवरण सार्वजनिक गर्न माग गरेको छ।

एकीकृत समाजवादीले  नगरपालिकाले डिपीआर निर्माण गर्ने नाममा विभिन्न योजनाको डिपीआरको लागि भन्दै ठूलो रकम खर्च गरेको हुँदा त्यसको खर्चको विवरण सार्वजनिक गर्न माग गरेको छ। 

नगरपालिकाले जग्गा वर्गीकरण,ल्यान्ड फिल साइट,कवर्ड हल,हाटडाडा खेर्च्याङ भोर्ले सडक,जेष्ठ नागरिक भवन लगायतका योजनाको डिपीआरमा अनियमितता भएको समाजवादीको  ठहर छ । उल्लेखित शिर्षकमा काम नगरी डिपीआर गरेको भन्दै नगरपालिकाबाट रकम भुक्तानी गरेको पाइएको समाजवादीले उल्लेख गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट