
काठमाडौँ । कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमती प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ ।
कर्णालीले प्रस्तुत गरेको ७९ रनको समान्य लक्ष्य बागमतीले १३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ४० रन जोडे । त्यस्तै रविन जोशीले अविजित १६ रन बनाए । आशुतोष घिरैयालाई ९ रन जोड्दा रित गौतमले आठ बनाए । कर्णालीका लागि ३ विकेट दिवान पुनले लिए ।
यस जितसँग बागमतीले छ खेलमा ४ मा जित तथा २ हारसहित ८ अङ्क जोडेको छ । बागमतीले यसअघि मधेस प्रदेश, त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशलाई हराएको थियो । नेपाल पुलिस क्लब र एपिएफसँग भने बागमती पराजित भएको थियो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बागमतीका लागि रिजन ढकालले ५ विकेट लिए । इशान पाण्डेले २ तथा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले समान १, १ विकेट लिए । यस हारसँगै कर्णाली ५ खेलमा २ जित र ३ हारसहित ४ अङ्क जोड्दै अङ्क ताकिलाको सातौँमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा