+

युथ लिग फुटबल : चर्च ब्वाइज विजयी

काठमाडौँ । चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा यू–१६ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जित हासिल गरेको छ । 



सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले सङ्कटा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । चर्च ब्वाइजका लागि सनिल मगर र सुगम रानाले समान एक–एक गोल गरे । त्यस्तै, यता सङ्कटाका लागि भने पेम्बा तामाङले गोल गरे ।

खेलको १५औँ मिनेटमा पेम्बाको ‘पेनाल्टी’ गोलमार्फत सङ्कटाले पहिलो अग्रता लियो । त्यसपछि खेलको ३०औँ मिनेटमा चर्च ब्वाइजका सनिलले ‘फ्री किक’मार्फत एक गोल गर्दै खेललाई एक–एक गालको बराबरीमा ल्याए । त्यसपछि खेलको ८४औँ सुगमले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट