+

पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि

भोजपुर । जिल्लाको पुर्वी पौवादुङ्मा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । 


पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी माघ १ देखि ९ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुने समूहले  ३ लाख नगदसहित पदक एवं प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुनेलाई  दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।

प्रतियोगिता आयोजक समितिले प्रतिस्पर्धामा भाग लिन चाहने समूहलाई  पुस २० गते भित्रमा  आवेदन दर्ता गर्न आज एक सूचना निकालेर आह्वान गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट