+

पोखरामा भोलिदेखि ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता

कास्की ।  देशको पर्यटकीय राजधानी शहर पोखरामा पुस ११ गतेदेखि २१ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ प्रतियोगिता सञ्चालन हुने भएको छ । 


कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जनाएको छ । 

पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ ‘सिंगल्स’ र ‘डबल्स’ तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथि उमेर सूमहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नवीन चालिसेले जानकारी दिनुभयो ।प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लाहरुसहित छिमेकी देश भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकबाट खेलाडीहरु पोखरा आइपुगेका छन् ।

खुलातर्फ नेपालका शीर्ष वरियताका प्रदीप  खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङ लगायतका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार पुरुष एकलतर्फ ३१ खेलाडी, महिला एकलमा ११ खेलाडी, ३५ वर्षमाथि ३२, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जना सहित एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

महिला तथा पुरुष एकलतर्फ बिजेताले ८० हजार रुपैयाँ उपबिजेताले  ४० हजार सहित ट्रफि तथा सेमिफाइन लिस्टले  २० हजार रुपैयाँसहित मेडल पुरस्कार प्राप्त गर्ने छन् । 

महिला तथा पुरुष डबल्स तर्फ बिजेताले ३० हजार उपबिजेताले  १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले १० हजार रुपैयाँसहित मेडल पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक चालिसेले जानकारी दिनुभयो ।

यसैगरी ३५ वर्ष माथिको एकलतर्फ बिजेताले ६० हजार उपबिजेताले  ३० हजार  सहित ट्रफि तथा सेमिफाइनलिस्टले ्१५ हजार रुपैयाँसहित मेडल पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी ३५ वर्ष माथिको डबल्स बिजेताले २० हजार उपबिजेताले  १० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले १० हजार रुपैयाँसहित मेडल पुरस्कार प्राप्त गर्ने छन् ।

आयोजकका अनुसार ४५ वर्ष माथिको एकलतर्फ बिजेताले  ४० हजार उपबिजेताले  २० हजार रुपैयँँसहित ट्रफि तथा सेमिफाइनलिस्टले  १० हजार रुपैयाँसहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ४५ वर्ष माथिको डबल्स बिजेताले २० हजार उपबिजेताले  १० हजार रुपैयाँ सहित ट्रफि पुरस्कार प्राप्त गर्ने बताइन्छ ।

नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालकै टेनिस इतिहासमा सबैभन्दा लामो समयसम्म निरन्तर रुपमा आयोजना भएको र खेल पर्यटन प्रवद्र्धनका लागि सहयोगी भएको बताउनुभयो । 

कास्की टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरुङले प्रतियोगिताले पोखराको खेल पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट