
पाँचथर । न्यू स्टार क्लब सुनसरीको पोस्टमा गोलको वर्षा गर्दै मछिन्द्र फुटबल क्लब, काठमाडौँ फिदिममा जारी एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा न्यू स्टारलाई ६–२ गोलअन्तरले पराजीत गर्दै मछिन्द्र सेमिफाइनलमा पुगेको हो । कमजोर प्रदर्शन गरेको न्यू स्टार प्रतियोगिताबाट बाहिरिएको छ । मछिन्द्रका लागि बिजु भुजेलले खेलको पाचौँ र १५औँ मिनेटमा गोल गरेका थिए । यस्तै आदित्य शाक्यले ४३औँ, मनिष डाँगीले ५६औँ, सञ्जय श्रेष्ठले ६२औँ र सौरभ सुब्बाले ८५औँ मिनेटमा गोल गरे । न्यू स्टारका लागि सुशील राईले १३औँ र सन्दीप श्रेष्ठले ६७औँ मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत बुधबार तेश्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ र बिराटनगर सीटी फुटवल क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापामगरले जानकारी दिनुभयो । यसअघि क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई पराजीत गर्दै आयोजक फिदिम स्पोर्टिङ क्लब सेमीफाइनलमा पुगिसकेको छ । यही पुस १५ गते सम्पन्न हुने प्रतियोगिताका विजेताले रू १० लाख तथा उपविजेताले रू पाँच लाख पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटर प्राप्त गर्ने छन् । विधागत रूपमा उत्कृष्ट खेलाडीहरू, प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले समेत पुरस्कार प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी