
काठमाडौँ। जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक सय ४० रनको विजयी लक्ष्य पच्छाएको सुदुरपश्चिम रोयल्सले १८ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर एक सय ४१ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
सुदुरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ५८ रनको योगदान दिए । उनले ५५ बल खेल्दा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए । उनले १६ बल खेल्दै एक चौका र एक छक्का प्रहार गरे । त्यसैगरी सैफ जैबले २१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३२ रन बनाए । ब्रेण्डन मक्मूलनले १९ बलमा एक चौका र एक छक्काको सहयोगमा २५ रन जोडे ।
बलिङ्तर्फ जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रनको योगफल बनाएको थियो । जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै तीन चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । लाहिरू मिलन्था र हर्ष ठोकरले समान १२/१२ रन जोडे भने आसिफ शेख र अरनिको यादवले समान ११/११ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले तीन विकेट लिए भने सैफ जैबले दुई विकेट लिए । त्यस्तै स्कट कुगेलेइन र अविनाश बोहराले समान एक/एक विकेट लिए । लिग चरणको खेलमा पनि सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । यो हारसँगै जनकपुरले फाइनल प्रवेशका लागि पुन मौका पाउनेछ ।
भोलि हुने दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र जनकपुरले खेल्नेछन् । दोस्रो क्वालिफायरको विजेता र सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी