
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा केहीबेरअघि जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ थालेका छन् ।
यो खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले फाइनलका लागि कर्णाली याक्ससँग खेल्नेछ ।
जनकपुर बोल्ट्सको प्लेइङ–११ मा आसिफ शेखसहित आकाश त्रिपाठी, लाहिरु मिलान्था (विकेटकिपर), हर्ष ठाकर, जेमी निशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, शेर मल्ल, अरनिको यादव, किशोर महतो र ललित राजवंशी छन् ।
सुदूरपश्चिम रोयल्सको प्लेइङ–११ मा दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह, विनोद भण्डारी (विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर छन् ।
लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी