
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा .एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्टहरुका लागि दलाल पूँजीवाद मुख्य दुश्मन बनेको बताउनु भएको छ।
सम्मानित नेता खनालले पार्टी विभागले भक्तपुरको नगरकोटमा गरेको आवासीय प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो । ‘हामीले आजको दिनमा प्रधान अन्तरविरोध पत्ता लगाउनुपर्छ। वर्तमान अवस्थामा मुख्यतय ३ वटा अन्तरविरोध छन्’ उहाँले भन्नुभयो साम्राज्यवाद, प्रभुत्ववाद र दलाल पूँजिवाद। यसका हिसाबका आधारमा हाम्रो अहिलेको मुख्य दुश्मन दलाल पूँजीवाद नै हो।’
नेता खनालले ‘नेपाली कम्युनिष्ट आन्दोलनः विगत र वर्तमान’ विषयक शीर्षकमा प्रशिक्षण दिनुभएको छ। प्रशिक्षणमा मार्क्सवादी दर्शन, नेपाली चरित्रको समाजवाद, आजको विश्व परिवेशमा नेपाली राजनीति, संगठन लगायतका विषयमा प्रशिक्षण दिइने पार्टी केन्द्रीय सदस्य तथा विभाग सचिव अशेष घिमिरेले बताउनु भएको छ।
प्रशिक्षणमा पार्टीका नेताका साथै जनवर्गीय संगठनका ४५ प्रशिक्षार्थी सहभागी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’