काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस हुनुभएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।
संसदीय सुनुवाइ समितिले आज एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस हुनुभएका नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन अनुरोध गरेको छ ।
समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राजदूतको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ, उजुरी आह्वान
- खुम्बु क्षेत्रमा हेलिकप्टरमा रोक लगाएकोमा सङ्घको आपत्ति, उडान नरोक्ने
- विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड पुग्यो
- एनपीएलमा आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन भिड्दै
- आजको मौसम : धेरै स्थानमा हुस्सुको सम्भावना
- प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी
- नदी किनारको मापदण्डबारे सर्वोच्चको फैसला कार्यान्वयन नगर्न पत्राचार
- नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी
- धरौटीमा छुटेलगत्तै दुर्गा प्रसाईं तत्कालै अर्को मुद्दामा पक्राउ
- सङ्घीय निजामती विधेयकमा संशोधनकर्तासँग छलफल शुरु