
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ ।
जितका लागि दुई सय ७४ रनको बलियो लक्ष्य पच्छाएको कोशी प्रदेशले ४७ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै २ सय ९ रनमा समेटियो । कोशी प्रदेशका लागि सुजन थपलियाले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ७६ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । कप्तान अङ्कित सुवेदीले ५३ रन बनाए । उनले ६५ बलमा ४ चौका र २ छक्का प्रहार गरे । अशीष भट्टराईले ३२, सोनु अनसरीले २१ तथा हेमन्त राईले १० रन बनाए ।
बलिङतर्फ बागमतीका इशान पाण्डे ५ विकेट लिए । सूर्य तामाङले २ विकेट लिए । प्रतीक श्रेष्ठ र रिजन ढकालले समान १, १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७३ रनको योगफल बनाएको थियो । बागमतीका लागि आशुतोष घिरैयाले १ सय ११ बलमा एक सय १८ रन जोडे । उनले कुल १६ चौका र २ छक्का प्रहार गरे ।
कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आँशुतोष र रितले १ सय ३१ रनको साझेदारी गरेका थिए । कोशी प्रदेशका अभ्यास तिमिल्सिनाले ३ विकेट लिए भने हेमन्त राई र कमल खत्रीले समान २, २ विकेट झारे । फ्रिर्दोश अन्सारीले १ विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’