
चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ ।
राजस्व विभागले छ महिनाका लागि १३ अर्ब ६ करोड १४ लाख ६० हजार रुपैयाँ लक्ष्य तोकेकामा पुस मसान्तसम्म ८ अर्ब ७८ करोड ९३ लाख ७६ हजार रुपैयाँ सङ्कलन भएको जनाएको छ ।
गत आवको यही अवधिमा ८ अर्ब ७८ करोड ५१ लाख ९३ हजारअर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन भएको थियो । त्यो वर्ष ६ महिनाका लागि ११ अर्ब ६५ करोड ८० लाख ९८ हजार रुपैयाँ लक्ष्य विभागले तोकेको थियो । कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार ६ महिनामा आयकरतर्फ १ अर्ब २० करोड ९२ लाख १ हजार र अन्तःशुल्कतर्फ ६ अर्ब ६५ करोड २६ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
मूल्य अभिवृद्धि करतर्फ ८४ करोड सात लाख ९ हजार, ब्याज कर ५ करोड ७८ लाख ९९ हजार, घरबाहल कर १ करोड ९५ लाख ८८ हजार र स्वास्थ्य सेवा कर ९३ लाख २५ हजार रुपैयाँ सङ्कलन भएको भट्टराईले जानकारी दिनुभएको छ । उहाँका अनुसार अन्तःशुल्क सङ्कलनमा अपेक्षाअनुसार हुन नसक्दा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको हो । अन्तःशुल्क राजस्व सङ्कलनमा उत्पादन र निकासी कम हुँदा समस्या आएको उहाँको भनाई छ ।
आर्थिकमन्दीका कारण क्रयशक्ति कम हुँदा समग्र राजस्व सङ्कलनमा कमी देखिएको हो । भट्टराईले भन्नुभयो, “अनुत्पादक क्षेत्रमा लगानी बढी हुँदा राजस्व सङ्कलनमा कमी आएको अनुमान गरिएको छ ।” युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन हुनुले समेत राजस्व सङ्कलनमा कमी भएको उहाँले बताउनुभयो । कार्यालयमा ६३ हजार भन्दा बढी करदाता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा