
दोलखा । बाढी, पहिरोजस्ता प्राकृतिक विपदबाट सुरक्षित रहन स्थानीयस्तरमै प्रभावमा आधारित मौसम पूर्वानुमान गर्नसक्ने नागरिक वैज्ञानिक अभियानलाई देशव्यापी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
एशियाली पूर्वतयारी केन्द्र (एडिपिसी) को सहयोगमा भीमेश्वर नगरपालिका, इन्स्टिच्युट अफ हिमालयन रिक्स रिडक्सन (आइएचआरआर) र स्मार्टफोन फर वाटर नेपाल (एस ४ डब्लु) को संयुक्त पहलमा सञ्चालन गरिएको ‘भिक्टोरी’ नामक परियोजनामार्फत तयार गरिएका नागरिक वैज्ञानिकहरुको दीक्षान्त समारोहका सहभागी वक्ताहरुले त्यो आवश्यकतामा जोड दिएका हुन् ।
नागरिक वैज्ञानिकहरुले सम्प्रेषण गरेका मौसमी सूचनाका आधारमा पूर्वतयारी गर्दा जनधनको क्षति कम गर्न सकिएकाले यसलाई निरन्तरता दिनुपर्ने उहाँहरुको भनाइ रहेको छ । नगरपालिकाका नौवटै वडाका पाँच'पाँचजना गरी ४५ जना सर्वसाधारणलाई प्रशिक्षित गरी साधारण उपकरणमार्फत गत जुनदेखि अक्टोबरसम्मको वर्षा मापनको सूचना सङ्कलन गरी त्यसका आधारमा मौसम पूर्वानुमान गरिएको थियो । हाल यो कार्यक्रम बर्दियाको बारबर्दिया नगरपालिकामा पनि ४५ जना नागरिक वैज्ञानिकमार्फत बाढी मापनमा मौसमी पूर्वानुमानको कार्य भइरहेको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले पहिरोको उच्च जोखिममा रहेको पालिकालाई विपद् व्यवस्थापनयुक्त बनाउन नागरिक वैज्ञानिक अभियान निकै प्रभावकारी देखिएकाले यसलाई निरन्तरता दिँदै छिमेकी पालिकाहरुमा पनि विस्तार गर्नुपर्ने बताउनुभयो । आइएचआरआरका कार्यकारी निर्देशक सुरज गौतमले साधारण प्रविधि र तालिम प्रदान गरी स्थानीयस्तरमै नागरिक वैज्ञानिक तयार गर्दा विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने भीमेश्वर नगरपाकिलाबाट प्राप्त अनुभवका आधारमा यस वर्ष मनाङ र लमजुङका दुई पालिकामा पनि नागरिक वैज्ञानिक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
एस ४ डब्लुका डा सञ्जीव न्यौपानेले नागरिक वैज्ञानिक कार्यक्रमलाई देशभरि विस्तार गर्न सकिएको मौसमी विपदबाट वर्षेनी हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले स्थानीयस्तरबाटै प्राप्त मौसमी सूचनाका आधारमा मौसम पूर्वानुमान गरिने हुँदा यसलाई अझ भरपर्दो र व्यवस्थित गराउन सकिएमा प्रकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेश राउतले विपद् व्यवस्थापनमा नागरिक वैज्ञानिक कार्यक्रमको निकै प्रभावकारी रहेकाले आगामी दिनमा पनि पालिकाले निरन्तरता दिने बताउँदै यस्ता सफल अभ्यासलाई पुस्तान्तरण गर्दै लैजानुपर्छ भन्नुभयो ।
नागरिक वैज्ञानिक यदुनाथ न्यौपाने र कमला ओलीले विपदबाट जनताको जीउधन र राज्यका भौतिक सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै यस कार्यक्रमलाई पालिकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा नागरिक वैज्ञानिकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा