
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
अष्ट्रेलियाका राजदूत महामहिम फेलिसीटीले उपराष्ट्रपतिसँग लैनचौरस्थित कार्यालयमा भेटवार्ता गर्नुभएको हो । भेटघाटमा शुभकामना आदानप्रदानपछि दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहायता, प्रवासी नेपाली, पर्यटन लगायतका विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। उपराष्ट्रपति यादवले दुई देशबीच सन् १९६० फेब्रुअरी १५ मा द्विपक्षीय सम्बन्ध स्थापना भएयता आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगका आधारमा कायम रहेको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा थप फराकिलो र गहिरो बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।
‘अष्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता ९ओडिए० मा वृद्धि गरेकोमा खुसी लागेको छ’ उहाँले भन्नुभयो– ‘सामुदायिक वन कार्यक्रम र नेपालमा वनको दिगो व्यवस्थापनमा अष्ट्रेलियाको महत्वपूर्ण योगदान उच्च प्रशंसनीय छ ।’ उहाँले विभिन्न क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा नेपाल र अष्ट्रेलियाबीचको घनिष्ठ सहयोग रहँदै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘दुवै देशले बहुपक्षीयताको संरक्षण र प्रवद्र्धन गर्न साझा हित राख्ने गर्दछ र न्यायपूर्ण, समानुपातिक, समावेशी र नियममा आधारित विश्व व्यवस्थालाई समर्थन पनि गर्दछन् ।’
अष्ट्रेलियाका महामहिम राजदूत फेलिसीटी जेन भोल्कले दुई देशबीच जनस्तरको सम्बन्धसँगै सरकारसँग बलियो र गहिरोसम्बन्ध रहेको बताउनुभयो । उहाँले अष्ट्रेलियामा ६० हजार नेपाली विद्यार्थीसहित एक लाख २० हजार नेपाली बसोबास गर्दै आएको जानकारी दिनुभयो । ‘नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गरेपश्चात नेपालमै फर्किएर नेपालको विकासमा टेवा पु¥याउनका लागि उनीहरुलाई उत्प्रेरित गर्ने प्रयासमा छु ।
नेपाल र अष्ट्रेलियाका शैक्षिक संस्थाबीच सहकार्यले ‘ड्युअल डिग्री’ कार्यक्रम सञ्चालन गर्दै नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या बढाउन सकिन्छ । यसका लागि हालै काठमाडौँ विश्वविद्यालय र क्राउन इन्स्टिच्युटबीच समझदारी भएको छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’