
काठमाडौँ । दक्षिण कोरियाको बुसानमा जारी अन्तर्राष्ट्रिय प्लाष्टिक महासन्धिको पाँचौँ तथा अन्तिम बैठकमा नेपालको हितमा हुनेगरी प्लाष्टिकसम्बन्धी चासो र मुद्दालाई जोडदार रूपमा उठाउन सरोकारवालाले माग गरेका छन् ।
बुसानमा नोभेम्बर २५ देखि आगामी डिसेम्बर १ तारिखसम्म सम्मेलन भइरहेको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, नेपाल वातावरण पत्रकार समूह र ग्लोबल ग्रिनग्रान्ट फण्डको संयुक्त आयोजनामा आज भएको कार्यक्रममा माग गरिएको हो । कार्यक्रममा समूहका अध्यक्ष चन्द्रशेखर कार्की, वरिष्ठ पत्रकार पूर्णहरि अमात्य, केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहलगायतले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
उहाँहरूले प्रदूषणको निर्मूलीकरण गर्ने महासन्धिको उद्देश्य र सिद्धान्तअनुसार घातक रसायनमा बन्देज लगाउनुपर्ने, प्लाष्टिकका प्रकार, उत्पादनको ‘डिजाइन’ र कार्यक्षमतामा मापदण्ड निर्धारण गरी लागू गर्नुपर्ने, गैरप्लाष्टिक विकल्पको खोजी गर्नुपर्ने, फोहरको उचित व्यवस्थापन, प्लाष्टिकसम्बन्धी व्यापार, रसायनबारेको पारदर्शिता, आवश्यक दिगो आर्थिक तथा प्राविधिक सहयोग आदि विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।
संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले विश्वव्यापी रूपमा प्लाष्टिकको सम्पूर्ण जीवनचक्रमा कच्चा पदार्थको उत्खननदेखि विभिन्न सामग्रीको उत्पादन, बिक्रीवितरण, प्रयोग, पुनःप्रयोग, पुनःचक्रीय र विसर्जन आदि गतिविधिबाट प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले सम्मेलन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै