
बैतडी । बैतडीमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–०१ घर भएका सहचालक १९ वर्षीय रोहित दयाल हुनुहुन्छ । रोहितको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले बताउनुभयो ।
दुर्घटनामा परेर टिप्पर चालक मेलौली नगरपालिका–०१ का २४ वर्षीय गम्भीर टमटा घाइते हुनुभएको छ ।
मेलौलीबाट पाटनतर्फ गइरहेको सुप्रप ०१ ००१ क २३९४ नम्बरको टिप्पर लामालेक हतरंगा जाने सडक नजिकै दुर्घंटनामा भएको हो ।
दुर्घटनाग्रस्त टिप्पर सडकबाट ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा