
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम शुरु गरेका छन् ।
सो वडामा रहेका विभिन्न समूहले गर्भवती महिलालाई लक्षित गरी यो कार्यक्रम सुरु गरेको हो । गर्भवती महिलाको पोषण सुरक्षाका लागि यो कार्यक्रम शुरु गरिएको जनाइएको छ ।
स्थानीय ईश्वर स्वास्थ्य आमा समूह सुनुवार खोकले, लालुपाते स्वास्थ्य आमा समूह कुतुर्षा, देवी स्वास्थ्य आमा समूह कम्राती, जनज्योती स्वास्थ्य आमा समूह सित्खाटार, जनचेतना स्वास्थ्य आमा समूह, जनसेवा स्वास्थ्य आमा समूह सित्खा र बगैँचा सेतीदेवी स्वास्थ्य आमा समूहलगायतले यस्तो कार्यक्रम सञ्चालन गरिरहेका भिरपानी स्वास्थ्य चौकी आँपचौरका स्वास्थ्यकर्मी नारायणकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
हालसम्म यी समूहले २४ जनाभन्दा बढीलाई पोषण सामग्री हस्तान्तरण गरिसकेका छन् । ‘हरेक बार खाना चार’ भन्ने मूल नाराका साथ सुत्केरी तथा गर्भवती महिलालाई उक्त कार्यक्रममार्फत नीजि खर्चमा पोषण समग्री हस्तान्तरण गर्दै आइएको ईश्वर स्वास्थ्य आमा समूहकी सचिब एवंं महिला स्वास्थ्य स्वयम्सेविका तेजकुमारी सुनुवारले जानकारी दिनुभयो । यो अभियान निरन्तर चलाउने योजना रहेको पनि उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा