+

भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा

चितवन ।  भरतपुर अस्पतालमा उपचाररत बालबालिकालाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो ।
 
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा।कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग विभागमा भर्ना भएर उपचाररत बालबालिकालाई ‘बिरामी छु’ भन्ने कुरा बिर्साउन प्ले थेरापी शुरु गरिएको बताउनुभयो ।
 
उहाँले भन्नुभयो– ‘यसरी उपचार गर्दा बच्चाको रोग समेत छिटो निको हुन्छ ।’ अस्पतालको उपचार र घरको जस्तो वातावरण सिर्जना गर्दा बालबालिकाले सहज महशुस गर्ने उहाँको भनाई छ । बाल सघन उपचार कक्ष र सिकिस्त रहेका बाहेक १० वर्षसम्मका बालबालिकालाई लक्षित गरेर यो सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।
 
विदेशमा समेत चिकित्सकले यस्ता कक्ष सम्हाल्ने गरेको जनाउँदै क्रमशः व्यवस्थित गर्दै लैजाने उहाँले जानकारी दिनुभयो । दैनिक ५० जना हाराहारी बालबालिकाले यो सेवा लिन सक्ने उहाँको भनाइ छ । अस्पतालको बाल रोग विभागमा ६६ श्या छन् ।
 
अस्पताल आफैले सामग्री खरिदगरी शुरु गरेसँगै विभिन्न दाताहरुले थप सामग्री सहयोग गर्ने वचन दिएको उहाँले बताउनुभयो । अस्पतालमा एनआइसियू, पिआईसियु सेवा समेत छ । यो संघीय अस्पताल हो । यहाँ चितवन सहित छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै