
टेक्सस (अमेरिका) । टेक्ससको ड्यालसमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेका छन् ।
अमेरिकाको टेक्ससमा सक्रिय प्रवासी नेपाली मञ्च टेक्सस तथा हस्ट नेपाली समाज, लुम्बिनी सेवा समाज अमेरिका र लायन्स डिस्ट्रिकले ड्यालसको युलेश र अर्भिङमा पहिलोपटक सामुदायिक रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।
ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय १० पिन्ट रगत सङ्कलन भएको मञ्चका वरिष्ठ उपाध्यक्ष शिव काफ्लेले जानकारी दिनुभयो । प्रवासी नेपाली मञ्च टेक्सस तथा हस्ट नेपाली समाजद्वारा ठमेल बियर गार्डेनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४०, लुम्बिनी सेवा समाज अमेरिकाद्वारा नेपाली पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ र लायन्स क्लबले अर्भिङमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको आयोजक संस्थाले जनाएका छन् ।
रक्तदान कार्यक्रमका लागि कार्टर ब्लड केयरले प्राविधिक सहयोग उपलब्ध गराउनाका साथै सबै रक्तदातालाई न्यानो कम्बल तथा आयोजक संस्थाहरुले रक्तदातालाई प्रमाणपत्र उपलब्ध गराएका छन् ।
बिरामीको उपचारमा रगतको अभाव हुन नदिन टेक्सासमा सक्रिय नेपाली समुदायका संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै