
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरेर सामाजिक न्याय, समानता कायम गर्ने पार्टीको वैचारिक दृष्टिकोण रहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले समान अधिकारका माध्यमबाट सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न समाजवाद कार्यान्वयनमा जोड दिनुभयो । उहाँले समाजमा विद्यमान शोषण पुँजीवादले अन्त्य गर्न नसक्ने भएकाले वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको विचार व्यक्त गर्नुभयो ।
समाजवादमा एकले अर्कालाई शोषण, विभेद नगर्ने विशेषता रहेको बताउँदै उहाँले समाजवादका माध्यमबाट मुलुकमा समृद्धि कायम गर्ने र जनतालाई सुखी बनाउने कार्ययोजना पार्टीले तर्जुमा गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले पार्टीका नीति, सिद्धान्तमा शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयलाई सर्वसाधारण नागरिकको सर्वसुलभ पहुँचमा पु¥याउने दृष्टिकोण रहेको प्रष्ट पार्नुभयो ।
जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगीकरण गर्न लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
जनताले आर्थिक–सामाजिक अधिकार प्राप्त गर्न नसकेको बताउँदै उहाँले मुलुकमा आर्थिक रुपान्तरण उद्यमशीलताको विकास गरी आत्मनिर्भर अर्थतन्त्रका विकास गर्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले समाजमा रहेको सम्पूर्ण विभेद तथा गलत कार्यको अन्त्य गरी मुलुकमा बढिरहेको भ्रष्टाचार, विदेशमा पलायन भइरहेका युवालाई रोक्ने विषयलाई प्राथमिकतामा राखेर कृषि नीति तर्जुमा गर्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउन प्रगतिशील विचारधारा तथा चिन्तनको खाँचो औँल्याउनुभयो ।
अध्यक्ष नेपालले विभिन्न रुपमा छरिएका कम्युनिष्ट वर्गीय चिन्तन एकै भएकाले मतभेद कम गरी एकताका लागि साझा आधार खोज्नुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा