
बाँके । बाँकेमा बैजनाथ दोश्रो उपप्रमुख कप बुधबारदेखि शुरु भएको छ । बैजनाथ गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा दोश्रो उपप्रमुख कप तथा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता गरिएको हो ।
स्थानीय तह स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीको सहभागितामा राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता गरिएको हो । माघ ३ गतेदेखि ६ गतेसम्म खेलकुद संचालन हुने प्रतियोगितामा बैजनाथका निजि र सामुदायिक ४२ विद्यालयबाट १ हजार ५ सय विद्यार्थी सहभागी हुने खेलकुद विकास समिति सदस्य नवराज रावलले बताउनुभएको छ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल,कबड्डी र मार्सल आर्टतर्फ कराते र ट्याक्वान्दो विधामा खेल खेलाइने मूल आयोजक समिति संयोजक बैजनाथ खेलकुद विकास समिति संयोजक महावीर थारुले जानकारी दिनुभएको छ । निजी तथा सामुदायिक विद्यालय गरी ४२ विद्यालय सहभागी भएका छन् । सामुदायिक विद्यालय आधारभुत लाई खेलकुद प्रतियोगितामा सहभागीतामा व्यवस्थापन खर्च वापत २० हजार रुपैयाँ र माध्यमिक विद्यालयलाई व्यवस्थापन खर्च वापत ३५ हजार रुपैयँँ बैजनाथ स्थानीय सरकारले विद्यालयलाई प्रदान गरिने खेलकुद सचिवालय संयोजक सुरेन्द्र दाहालले बताउनुभयो ।
प्रतियोगिता माघ ३,४,५,६ गतेसम्म बैजनाथ गाउँपालिका ६ लालपुरमा संचालन हुनेछ । जिल्ला स्तरीय खेल प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने खेलकुद समितिले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा