
कञ्चनपुर । स्तनक्यान्सरबाट पीडित कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटाका ५३ वर्षीया नन्दादेवी खत्री उपचार खर्चको अभावमा रोग पालेर बस्न बाध्य हुनुभएको छ ।
उहाँले दाताहरूसँग सहयोगको याचना गर्नुभएको छ । ‘जाथजेथा बेचेर आएको ३० लाख रुपैयाँ उपचारमा खर्च भैसक्यो, रोग निको भएको छैन’ थप खर्च नहुँदा पीडा सहनुको विकल्प नरहेको दुखेसो उहाँले गर्नुुभयो ।
‘एकसय बाख्रा थिए, ६ लाख रुपैयामा बेच्यौँ, तर क्रेताले पूरा रकम दिएनन् । बाख्राको पैसा असुलीका लागि अदालतसम्म पुग्यौँ, न्याय पाएनौँ’ पीडित खत्रीका देवर गगनले भन्नुभयो ।
एकपटकको उपचारमा ३० देखि ४० हजार रुपैयाँ सम्म खर्च हुने गरेको तथा त्यति रकम जुटाउन नसक्दा बिरामीलाई घरमा नै राख्नुपरेको बताउँदै उहाँले भाउजूको उपचारका लागि आफू चन्दा सङ्कलनमा जुटे पनि उपचार खर्च अपुग भएकाले दातासँग उहाँले सहयोगको याचना गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’