
काभ्रे । संयु्क्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले नमोबुद्ध नगरपालिकाका ८ सय ४५ बाढीपहिरोपीडितलाई सहयोग गरेको छ ।
पीडित परिवारलाई हस्तान्तरण गर्नेगरी युनिसेफले नगरप्रमुख कुन्साङ लामालाई एक करोड ५० लाख ४० हजार पाँच ५ रुपैयाँ मङ्गलबार हस्तान्तरण गरेको हो । त्यही दिन नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस अकुङ्गाले नगरको वडा नम्बर ६ का पीडितलाई सहायता रकम प्रदान गर्नुभयो । त्यो वडाका ५९ परिवारले सहायता रकम पाएका छन् ।
नगरमा ४ सय ५३ प्रतिपरिवारलाई १५ हजार तथा ३ सय ९२ परिवारलाई २० हजार रुपैयाँ सहायता रकम प्रदान गरिनेछ । अकुङ्गाले विपद्बाट सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएकाले सहायता रकम प्रदान गरिएको बताउनुभयो ।
त्यो संस्थाले निकट भविष्यमा मण्डनदेउपुर नगरका बाढीपहिरोपीडितलाई पनि आर्थिक सहयोग गर्ने जनाएको छ ।
युनिसेफले यसअघि बेथानचोक गाउँपालिकाका दुई वडाका दुई सय ६९ परिवारलाई आर्थिक सहयोग गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’