
काठमाडौँ । केही दिनदेखि उकालो यात्रामा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार भने दोहोरो अंकले घटेको छ ।
नेप्से १२ दशमलव १० अंकले घटेर २ हजार १ सय ६३ दशमलव ०६ विन्दुमा कायम भएको छ । बुधबार ३ सय कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७ सय २ कित्ता शेयर, २ लाख १० हजार ४ सय ७१ पटक खरिदबिक्री हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८ सय ६८ रुपैयँँ बराबरको कारोबार भएको छ ।
बैंकिङ समूह शून्य दशमलव ४०, विकाश बैंक शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव २८ र अन्य समूह एक दशमलव ९४ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह तीन दशमलव ५१ र जलविद्युत समूह दुई दशमलव ८० प्रतिशतले घटेको छ ।
ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल वेयर हाउसिङ लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । इस्टर्न हाइड्रोपावर लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६५ करोड ८४ लाख ९० हजार २ सय ८५ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनआईबिएल ग्रोथ फन्डको १५ लाख २७ हजार ९ सय ५० किता शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा