
तनहुँ । जिल्ला पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्ग, व्यास नगरपालिका–७ र ८ जोड्ने कालिका मार्ग र बुल्दी खोलामा पक्की पुल निर्माण गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरिएका एक सय ७९ वटा योजनामध्ये क्रमगत ३३ र बहुवर्षीय ४१ वटा आयोजना सञ्चालनमा छन् । कार्यालयका इन्जिनियर धनमाया मिश्रका अनुसार ती आयोजनाका लागि १ अर्ब ४० करोड ५९ लाख ८० हजार रुपैयाँ विनियोजन भएको छ ।
तनहुँको दासढुङ्गा शालिकराम करिडोर लोकगमार्गमा तीन वटा प्याकेजमा काम भइरहेको छ । जिल्लाको बैडीबाट देवघाटसम्मको साढे २१ किमी पहिलो प्याकेजअन्तर्गत काम जारी छ । दोस्रो प्याकेजमा १० किमी र तेस्रो १६ किमी निर्माण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’